सोमबार सुनचाँदी दुवैको मूल्य घट्यो, तोलामा कतिले गिरावट ?

१ बर्ष अगाडि

काठमाडौं, नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला सुन ९८ हजार १०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ६०० रुपैयाँमा किबनेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २८० रुपैयाँमा किनबेच भएको थियो। 

१ बर्ष अगाडि

प्रतिक्रिया