एकैदिन १ हजारले बढ्यो सुनको मूल्य,चाँदीको मूल्य पनि वृद्धि

१ बर्ष अगाडि

काठमाडौं- आज बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला सुनको मूल्य ९७ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। 

पछिल्लो ३ दिनदेखि सुनको मूल्य ओरालो लागेको थियो। सुनको मूल्य बुधबार ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ र तेजाबी मूल्य ९६ हजार ३०० रुपैयाँमा रहेको थियो । 

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ३०५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो। 
 

१ बर्ष अगाडि

प्रतिक्रिया