शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने वृद्धि

१ बर्ष अगाडि

 काठमाडौं- साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको हो। योसँगै आज प्रतितोला सुनको मूल्य ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ३०० रुपैयाँ रहेको थियो । 

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको थियो। हिजो तोलामा ३० रुपैयाँले बढेर चाँदी १ हजार ३०५ रुपैयाँमा किनबेच भएको थियो।

१ बर्ष अगाडि

प्रतिक्रिया