७ महिनायताकै उच्चस्तर पुग्यो सुनको मूल्य, तोलामा रु.४०० ले वृद्धि

१ बर्ष अगाडि

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य ७ महिनायताकै उच्चस्तर पुगेको छ। 

योसँगै सुनको भाउ आइतबार फेरि १ लाख रुपैयाँ नजिक पुगेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला सुनको मूल्य ९९ हजार ५०० रुपैयाँ र सुनको मूल्य ९९ हजार रुपैयाँ कायम भएको छ। 

गत वैशाख १३ गते प्रतितोला सुन ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन वैशाख १२ गते भने सुनको मूल्य १ लाख रुपैयाँ माथि थियो।

गत शुक्रबार पनि सुनको तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला सुन ९९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो। 

१ बर्ष अगाडि

प्रतिक्रिया