बिहीबार तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको १ लाख नजिक

विहीबार, २२ मंसिर २०७९, ११ : ३१

बिहीबार नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुनको मूल्य ९९ हजार ७०० रुपैयाँ र तेजाबी सुनको ९९ हजार २०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको मूल्य स्थिर रहेको थियो। यो दिन प्रतितोला सुन ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो। 

विहीबार, २२ मंसिर २०७९, ११ : ३१

प्रतिक्रिया