सात महिनापछि  सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो, कतिमा हुदैँछ कारोबार ?

शुक्रबार, २३ मंसिर २०७९, १० : ५४

काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नाघेको छ। सात महिनापछि सुनको मूल्य एक लाख रुपैयाँ नाघेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ तोकेको छ। यस अघि गत वैशाख १२ गते, छापावाल सुन प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो। 

बिहीबार छापावाल सुन ९९ हजार ७०० रुपैयाँ कारोबार भएको थियो । 

सुनसँगै यस दिन चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ३० रुपैयाँ बढेर प्रतितोला १ हजार ३९० रुपैयाँ पुगेको छ।

शुक्रबार, २३ मंसिर २०७९, १० : ५४

प्रतिक्रिया