विद्युतीय सामग्री सम्बन्धी बृहत् प्रदर्शनी फीन इलेक्ट्रो–टेक २०२२,२५ हजार बढीले गरे अवलोकन

सोमबार, २६ मंसिर २०७९, १० : ४६

काठमाडौं-  इलेक्ट्रो टेकको तेस्रो दिन मेलामा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहयो । देशभरका विद्युतीय व्यवसायी, उत्पादनकर्ता, डिस्ट्रीब्युटर, डिलर, चेनल सप्लायर्सबीच अन्तर्क्रिरया एवं ब्यापारिक सम्झौताहरु भएका छन् । यस्तै सार्वजनिक बिदाको दिन भएकाले आम उपभोक्ता सहित विद्यार्थी वर्गको उपस्थिति पनि उल्लेखनीय रह्यो । मेलामा सो, दिन अर्थात शनिबार २५ हजार बढीले अवलोकन गरेका छन् ।

मेलाकै क्रममा तेस्रो दिन आज विद्युतीय सुरक्षाको विषयमा विचार गोष्ठी अर्थात सिम्पोजियम पनि आयोजना गरिएको छ । सिम्पोजियमको क्रममा इलेक्ट्रिसिटी सेफ्टीको विषयमा नेपाल इलेक्ट्रिकल कन्ट्रयाक्टर एसोसिएसनका अध्यक्ष ई एलआर तामाङले विशेश प्रस्तुती दिएको थियो । कार्यक्रमको अध्यक्षता नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौडेलले गरेका थिए । सिम्पोजियम भोलि आइतबार पनि संचालन हुनेछ ।

मेलामा दर्शक तथा व्यवसायीहरुको उत्साहपूर्ण सहभागिताका कारण अन्तराष्ट्रिय कम्पनीका प्रतिनिधिहरु पनि उत्साहित देखिएका छन् । आफ्ना नयाँ प्रविधि तथा उत्पादनलाई चिनाउन यो मेला सार्थक देखिएको उनीहरुको टिप्पणी छ ।

मेलामा चट्याङ रोक्ने उपकरण,अटोमेसन तथा सेन्सरयुक्त बत्ती,पंखाहरु,सेन्सरयुक्त वाटरप्रुफ सीसीटीभी क्यामेराप्रति अवलोकनकर्ताले विशेष रुची देखाएका छन् । राष्ट्रिय आविष्कार केन्द्रद्वारा आविस्कार गरिएका विद्युतीय सामग्रीहरु,अत्याधुनिक इन्डक्सन सहितको ग्यास चुलो,भान्छाको फोहोरलाई मलमा रुपान्तरण गर्ने कम्पोस्टिङ मेसिनहरु पनि मेलाका विशेष आकर्षण बनेका छन् ।
 
प्रदर्शनी नेपालको एकमात्र इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरकै बृहत प्रदर्शनी एवं गोष्ठीको दशौं संस्करण हो । फीन इलेक्ट्रो–टेक– २०२२को नारा ”नेपालको समृद्धि, उर्जा खपत अभिवृद्धि“ रहेको छ ।

मेलाको टाइटल स्पोन्सर राठी स्वीच एण्ड केबुल (अन्नपूर्ण ग्लोवल इम्पेक्स प्रा.लि.) रहेको छ । प्लाटिनियम स्पोन्सरमा महालक्ष्मी केबुल (महालक्ष्मी वायर एण्ड केबुल इन्डष्ट्रिज प्रा.लि.), डायमण्ड स्पोन्सरमा ग्रेटह्वाइट (मित्तल ओभरसिज प्रा.लि.), गोल्ड स्पोन्सरमा इलेक्ट्रा इलेक्ट्रिक (एनजी इलेक्ट्रिकल्स प्रा.लि.) जानकी केबुल (जानकी केबुल इन्डष्ट्रिज प्रा.लि.), लिशा स्वीच (वेलकम टेक्नोल प्रा.लि). र ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) रहेका छन् ।

मेला आयोजनाका सहयोगी संस्थाहरुमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल इञ्जिनियर्स एशोशियसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ्ग आर्किटेक्चरर एण्ड इञ्जिनियरिङ फर्म, लघु जल विद्युत उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपाल, नेपाल विद्युतीय सामग्री उत्पादक संघ (नीमा), र नेपाल इलेक्ट्रिकल कन्ट्रयाक्टर एशोशियसन रहेका छन् ।

नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको प्रदर्शनीको उद्घाटन माननीय अर्थमन्त्री जनार्दन शर्माले गर्नुभएको हो । प्रदर्शनीका ३ दिनमा गरी करिव ५२ हजार जनाले अवलोकन गरिसकेका छन् । ४ दिने प्रदर्शनीमा करिव ६० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ ।
 
प्रदर्शनी सम्बन्धमा थप जानकारी लिन ९८५१०८८८३३ कोमल पोखरेल, महासचिव नेपाल विद्युतीय व्यवसायी महासंघ (फीन) सँग सम्पर्क गर्न सकिन्छ ।

सोमबार, २६ मंसिर २०७९, १० : ४६

प्रतिक्रिया