तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सोमबार, २६ मंसिर २०७९, ११ : ०५

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाला सुनको १ लाख २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९९ हजार ७०० रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार सुनको मूल्यतोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाला सुनको मूल्य १ लाख ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य  तोलामा १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। 
 

सोमबार, २६ मंसिर २०७९, ११ : ०५

प्रतिक्रिया