मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाला सुनको मूल्य १ लाख रुपैयाँ र तेजाबी सुनको मूल्य ९९ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुनको १ लाख २०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको ूमूल्य भने स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया