बुधबार ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाकै १ लाख १ हजार

बुधबार, २८ मंसिर २०७९, ११ : ५४

काठमाडौं, नेपाली बजारमा बुधबार सुनको ह्वात्तै बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाला सुनको मूल्य १ लाख १ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ५०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको मूल्य  तोलामा २०० रुपैयाँले घटेको हो। यो दिन प्रतितोला छापावाला सुन १ लाख रुपैयाँ र तेजाबी सुन ९९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

बुधबार, २८ मंसिर २०७९, ११ : ५४

प्रतिक्रिया