आईएमई पेको सिइओमा प्रविण रेग्मी नियुक्त

बुधबार, २८ मंसिर २०७९, १३ : ४०

काठमाडौं- आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रविण रेग्मी नियुक्त भएका छन् ।

मंगलबार एक कार्यक्रममार्फत नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको स्वागत गरिएको छ । कार्यक्रममा आईएमई पेका अध्यक्ष एवम् आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले रेग्मीलाई स्वागत गरेका हुन् ।

इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनमा स्नातक एवम् बिजनेश एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको अनुभव छ । 

बुधबार, २८ मंसिर २०७९, १३ : ४०

प्रतिक्रिया