काठमाडौं- नेपाली बजार बिहीबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापाबाला सुनको मूल्य १ लाख ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको मूूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला सुन १ लाख १ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ५०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया