काठमाडौं- भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको छ।
आईओसीले आज शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँसूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोल ६.९० रुपैयाँ, डिजेल १२.३१ रुपैयाँ र हवाई इन्धन १०.६१ रुपैयाँ घटेको छ।
अन्तर्राष्ट्रिय बजार तेलको मूल्यमा लगातार गिरावट आउनु र भारतले सस्तोमा तेल खरिद गरिरहनुले पनि उसले इन्धनको मूल्य घटाएर पठाएको हो। भारतले पछिल्लो समय नेपाललाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाइरहे पनि नेपालमा इन्धनको भाउ स्थिर नै रहेको छ।
यसअघि पनि आईओसीले पटकपटक इन्धनको मूल्य घटाएर पठाए पनि आयल निगमले चाहिँ घाटा हुने भन्दै आन्तरिक बजार मूल्य समायोजन गर्न मानेको थिएन। यसको चौतर्फी र चर्को आलोचना भएको थियो। यसपटक भने मूल्य समायोजन गर्न निगम तयार देखिएको छ।
प्रतिक्रिया