अमेरिकी राजदूतद्वारा भेरी–बबई डाइभर्सन आयोजनाको अवलोकन

आइतबार, ०३ पुस २०७९, ०९ : १९

सुर्खेत / नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गर्नुभएको छ ।

सुर्खेतको बबईमा राजदूत थम्पसनसँगै युएसएआईडी नेपालका मिसन निर्देशक सेपिदेह किभनशादको टोलीले आयोजनाको प्रगति तथा उद्देश्यबारे जानकारी लिएको हो ।

अवलोकन भ्रमणका क्रममा राजदूत थम्पसनले १२ किलोमिटर लामो सुरुङ खन्ने अमेरिकामा निर्मित बीटीएम मेसिनको प्रभावकारिता र तोकिएको समय अगावै लक्ष्य पुरा गरेकोप्रति जिज्ञासा राख्नुभएको आयोजनाका सूचना अधिकारी (डिभिजनल इन्जिनियर) लेखनाथ सुवेदीले जानकारी दिनुभयो ।

उहाँले नेपालमै पहिलो पटक चुरे पहाडमा प्रयोग गरिएको (बीटीएम) मेसिनको सफलतासँगै आधुनिक प्रविधिको प्रयोगले निर्माणाधीन अन्य आयोजनाहरूमा समेत सफलता मिल्ने राजदूत थम्पसनले विश्वास लिएको बताउनुभयो ।

हाल भेरी–बबई डाइभर्सन आयोजनाको बाँधस्थल र पावर हाउस निर्माणको काम तीव्र रुपमा भइरहेको छ ।

आइतबार, ०३ पुस २०७९, ०९ : १९

प्रतिक्रिया