काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाला सुनको मूल्य १ लाख ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुन ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया