तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

विहीबार, ०७ पुस २०७९, १२ : ३८

काठमाडौं  - बिहिबार  नेपाली बजारमा सुनको मूल्य  बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला ३ सय रुपैयाले बढेको हो । योसंगै बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५००कायम भएको छ भने  तेजावी सुनको मूल्य एक लाख एक हजार रुपैयाँ पुगेको छ । 

बुधबार छापावाला सुन प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियोे ।
 
यस्तै, बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले उकालो लागेर एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

विहीबार, ०७ पुस २०७९, १२ : ३८

प्रतिक्रिया