लगातार घट्दै अमेरिकी डलरको भाउ,यस्तो छ विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ०८ पुस २०७९, ०८ : ३७

काठमाडौं  / नेपाल राष्ट्र बैंकका विनिमय दर अनुसार आज (शुक्रबार) अमेरिकी डलरको भाउ घट्दा अष्ट्रेलियन डलरको भाउ बढेको छ।

आज अमेरिकी एक डलरको खरिद दर १३२ रूपैयाँ १३ पैसा रहेको छ । बिक्री दर भने १३२.७३ रूपैयाँ रहेको छ।  यो हिजो बिहिबारको तुलानमा केही कमि हो। नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४०.७४ रुपैयाँ रहेको छ । बिक्री दर भने १४१.३८ रुपैयाँ रहेको छ। बिहिबारको तुलनामा युरोको मूल्य आज केही बढेको हो। 

यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ८९ रूपैयाँ ६ पैसा र बिक्री दर ८९ रूपैयाँ ४७ पैसा रहेको छ। यो पनि बिहिबारको तुलनामा केही बढी हो।

यस्तै, साउदी रियाल एकको खरिद दर ३५.१३ रुपैयाँ रहँदा बिक्री दर ३५.२९ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २९.८६ रुपैयाँ रहँदा बिक्री दर ३० रुपैयाँ रहेको छ।

कतारी रियाल १ को खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३२ पैसा रहेको छ।

 

शुक्रबार, ०८ पुस २०७९, ०८ : ३७

प्रतिक्रिया