काठमाडौँ- शुक्रबार नेपाली बजारमा सुन चादीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार २०० रुपैयाँ घटेको छ। यस दिन छापावाल सुन १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजबी सुन आज ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ। अघिल्लो दिन तेजाबी सुन १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया