काडमाडौँ - आइतबार सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा २०० रुपैयाँले बढेकोछ। योसँगै प्रतितोला छापावाल सुन१ लाख ५०० रुपैयाँ मा कारोबार भइरहेको छ । त्यसैगरी,तेजाबी सुन आज १ लाख रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ
शुक्रबार सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ३०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ भने स्थिर रहँदै तोलाका १ हजार ३९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया