उकालो लाग्यो सुनको भाउ, चाँदी भाउपनि बढ्यो ?

शुक्रबार, १५ पुस २०७९, १२ : ०७

काठमाडौँ- साताको अन्तिम दिन शुक्रबार सुनको भाउ बढेको छ । 

  आज सुनको तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले ओरालो लागेको हो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो। 

 


 
 

शुक्रबार, १५ पुस २०७९, १२ : ०७

प्रतिक्रिया