काठमाडौं/ अफ्रिकी मुलुक इथियोपियाबाट समेत बेसार आयात गर्ने नेपालले युरोपेली मुलुकमा भने निर्यात गर्ने गरेको छ ।गत आर्थिक वर्ष २०७८र७९ मा नेपालले दुई युरोपेली देशमा बेसार निर्यात गरेको छ । जर्मनी र स्पेनमा मात्रै १ वर्षमा ५४ लाख ७ हजार रुपैयाँ बराबरको ११ मेट्रिक टन बेसार निर्यात गरेको हो ।
अहिले निर्यात भएको बेसार आयातको तुलनामा भने १।५ प्रतिशत भन्दा कम हो । नेपालमा गत वर्ष इथिइयोपियादेखि म्यानमारसम्म गरि ४ देशबाट ४१ करोड ८३ लाख रुपैयाँ बराबरको २८ लाख ४७ हजार किलो बेसार आयात भएको थियो । जस मध्ये भारतबाट मात्रै ४० करोड रुपैयाँभन्दा बढीको बेसार आयात भएको थियो ।
चालू आर्थिक वर्षको ५ महीनामा मात्रै ९ करोड ७७ लाख रुपैयाँभन्दा बढीको ६ लाख ५० हजार किलो बेसार आयात भइसकेको छ । अहिले भारत बाहेक जापानबाट पनि बेसार आयात भएको छ । तर नेपालले थप बेसार भने निर्यात गर्न सकेको छैन ।
प्रतिक्रिया