भक्तपुर नगरपालिकाले बढायो विदेशी पर्यटन शुल्क, जनवरी १ देखि लागू

१ बर्ष अगाडि

भक्तपुर / भक्तपुर नगरपालिकाले विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्क वृद्धि गरेको छ । अमेरिकी डलरको भाउ बढेको भन्दै २०२३ जनवरी १ देखि लागू हुने गरी पर्यटन शुल्क वृद्धि गरेको हो ।

नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबारस्कवायरलगायत नगरपालिकाभित्रका सम्पदा अवलोकनका लागि प्रवेश गर्ने विदेशी पर्यटकबाट असुल गर्दै आएको पर्यटन शुल्कमा वृद्धि भएको छ ।

नगरपालिकाका पर्यटन सूचना केन्द प्रमुख गौतम लासिवाले अमेरिकी डलरको मूल्य उच्च रुपमा वृद्धि हुँदै गएपछि नगरपालिकाले पर्यटन शुल्कमा सोही अनुरुप शुल्क समायोजन गरेको बताएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया