काठमाडौँ- दूधको मूल्य समायोजन बारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य आजदेखि फिर्ता लिएका छन् ।
कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्द प्रसाद शर्मासहित सरोकारवाला निकायहरुको बैठकले हालै दूधमा गरिएको मूल्यवृद्धि स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ताको क्रयशक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गरिने बताए ।
केही डेरी र दूध उद्योगहरुले।यही पुस १६ गतेदेखि लागू हुने गरी दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरेका थिए । त्यसको चौतर्फी विरोध भएको थियो ।
प्रतिक्रिया