सुनको भाउ बढ्यो,कतिमा हुदैछ कारोबार ?

बुधबार, २० पुस २०७९, १२ : ०६

काठमाडौँ-  बुधबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। 

आज सुनको भाउ आज  तोलामा ३०० रुपैयाँले बढेसँगै प्रतितोला छापावाल सुन १ लाख २ हजार ९०० रुपैयाँ र तेजाबीसुन १ लाख २ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला  छापावाल सुन  १ लाख २ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो। 

 

बुधबार, २० पुस २०७९, १२ : ०६

प्रतिक्रिया