लगातार बढ्दै सुन- चाँदीको भाउ, आज कतिमा हुदैछ कारोबार ?

विहीबार, २१ पुस २०७९, ११ : २५

 काठमाडौँ-  बिहीबार पनि सुनको भाउ बढेको छ। 

 आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोलाछापावाल सुन १ लाख ३ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख २ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो। 
 

विहीबार, २१ पुस २०७९, ११ : २५

प्रतिक्रिया