काठमाडौँ- (शुक्रबार) साताको अन्तिम दिन सुनको भाउघटेको छ।
आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख २ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ८०० रुपैयाँ कायम भएकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ३ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया