सुनको भाउ यो वर्षकै उच्च, कतिमा हुदैछ काराबार ?

आइतबार, २४ पुस २०७९, ११ : ०९

काठमाडौँ-  आइतबार सुनको भाउ  फेरि बढेको छ। 

 आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सुनको आजको भाउ यो वर्षकै उच्च हो।गत शुक्रबार भने सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल गोल्ड १ लाख २ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो। 

आइतबार, २४ पुस २०७९, ११ : ०९

प्रतिक्रिया