मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धारका लागि पहल सुरु

सोमबार, २५ पुस २०७९, ०९ : ३५

काठमाडौँ / मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल सुरु गरेको छ ।

 वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र निजहरूलाई उद्धारका लागि पहल लिएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिनुभएको थियो ।

सोमबार, २५ पुस २०७९, ०९ : ३५

प्रतिक्रिया