काठमाडौ- सोमबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ।
कारोबारको दोस्रो दिन आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ३ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ४०० रुपैयाँ कायम भएको छ। यो भाउ यस वर्षकै उच्च हो।
हिजो आइतबार पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया