ओरालो लाग्दै सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

मंगलबार, २६ पुस २०७९, ११ : ४८

काठमाडौँ-  कारोबारको तेस्रो दिन आजनेपाली बजारमा  सुनको भाउ घटेको  छ।

 आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार रुपैयाँ कायम भएको छ। 


हिजो सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन१ लाख ३ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो। 

 
 

मंगलबार, २६ पुस २०७९, ११ : ४८

प्रतिक्रिया