काठमाडौँ- नेपालि बजारमा बुधबार सुनको भाउ घटेको छ।
आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ३ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया