सुनको भाउ सामान्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

विहीबार, २८ पुस २०७९, ११ : ०५

काठमाडौँ-  बिहीबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ९०० रुपैयाँ कायम भएको छ। 


हिजो बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदी भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो। 

 

विहीबार, २८ पुस २०७९, ११ : ०५

प्रतिक्रिया