भृकुटीमण्डपमा हुने क्यान इन्फोटेकका लागि स्टल बुकिङ खुल्यो

शुक्रबार, २९ पुस २०७९, १० : २९

काठमाडौँ  सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनीको मेला क्यान इन्फोटेकको २८ औं संस्करण माघ २४ गतेदेखि हुने भएको छ । भृकुटीमण्डपमा मेला माघ २९ सम्म हुनेछ । 


यस पटकको क्यान इन्फोटेकमा सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरुको अधिकतम सहभागिता रहने क्यान महासंघले जनाएको छ । महासंघका अनुसार क्यान इन्फोटेकको लागि शिर्ष प्रायोजन, सह–प्रायोजन, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर प्रायोजनका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुल्ला गरिएको छ ।

‘क्यान इन्फोटेकमा अवलोकनर्ताले देश–विदेशका सफ्टवेयर, नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसन पाउनसक्ने छन्’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘साथै ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी पनि प्रदर्शनीमा उपलब्ध हुनेछन् ।’

यसैगरी आईओटी, ब्लक चेन, आर्टिफिसियल इन्टेलिजेन्स, वैकल्पिक ऊर्जा प्रविधिको जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहने बताइएको छ ।

 

शुक्रबार, २९ पुस २०७९, १० : २९

प्रतिक्रिया