सुनको भाउ फेरी उकालो लाग्दै, कतिमा हुदैछ कारोबार ?

शुक्रबार, २९ पुस २०७९, ११ : ०८

काठमाडौँ-  शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ। 

आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला लापावाल सुन  १ लाख ३ हजार ९०० रुपैयाँ र तेजाबी सुन  १ लाख ३ हजार ४०० रुपैयाँ कायम भएको छ। 


हिजो बिहीबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला लापावाल सुन १ लाख ३ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो। 

 

शुक्रबार, २९ पुस २०७९, ११ : ०८

प्रतिक्रिया