सुनको भाउ यो बर्षकै उच्च, कतिमा हुदैछ कारोबार ?

आइतबार, ०१ माघ २०७९, ११ : २१

काठमाडौँ-  कारोबारको पहिलो दिन आइतबार सुनको भाउ यो वर्षकै उच्च स्तरमा पुगेको छ। 

 आज प्रतितोला छापावाल सुन १ लाख ५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ५०० रुपैयाँ कायम भएको छ। जुन यो वर्षकै उच्च हो। 


यसअघि सुनको भाउ गत वर्ष फागुन २५ गते हालसम्मकै उच्च स्तरमा पुगेको छ। यो दिन प्रतितोला छापावाल सुन १ लाख ५ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो। 

गत शुक्रबारको तुलनामा आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको छ। गत शुक्रबार प्रतितोला छावावाल सुन १ लाख ३ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीभाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो। 

 

आइतबार, ०१ माघ २०७९, ११ : २१

प्रतिक्रिया