घट्यो सुन चाँदिको मूल्य, कतिमा हुदैछ कारोबार ?

मंगलबार, ०३ माघ २०७९, ११ : १४

काठमाडौँ-   मंगलबार नेपाली बजारमा सुनको चाँदीको भाउ घटेको छ। 

 आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो। 

 

मंगलबार, ०३ माघ २०७९, ११ : १४

प्रतिक्रिया