ओरालो लाग्यो सुनको भाउ

बुधबार, ०४ माघ २०७९, १० : ५८

काठमाण्डौँ - बुधबार नेपाली बजारमा  सुनको भाउ घटेको छ। 

आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। यो सँगै प्रतितोला छापावाल सुन १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो मंगलबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ५ हजार १०० रुपैयाँ र तेजाबी सुुन १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो। 

 


 

बुधबार, ०४ माघ २०७९, १० : ५८

प्रतिक्रिया