नेपाल साना तथा मझौला व्यवसायी महासंघको तदर्थ समिति गठन

बुधबार, ०४ माघ २०७९, १५ : २७

काठमाडौँ-   नेपाल साना तथा मझौला व्यवसायी महासंघको ३३ सदस्यीय तदर्थ समिति आज गठनसँगै पदाधिकारीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। 

नवगठित तदर्थ समितिको अध्यक्षमा दीपकप्रसाद आचार्य र सहअध्यक्षमा धर्मानन्द श्रेष्ठ चयन भएका छन्। समितिको वरिष्ठ उपाध्यक्षमा तिलु घले, प्रथम उपाध्यक्षमा प्रा। प्रवलराज पोखरेल, द्वितीय उपाध्यक्षमा विष्णु घर्तीमगर, तृतीय उपाध्यक्षमा विजय सागर प्रधान, चौथौ उपाध्यक्षमा सरिता थापा, महिला समूहकी उपाध्यक्षमा मंजिला शर्मा, वस्तुगत उपाध्यक्षमा डा.बद्री पौडेल र एसोसिएट्स उपाध्यक्षमा डा. खोम खरेल चयन भएका छन्। 


यसैगरी समितिको महासचिवमा डा। गोपालप्रसाद तिवारी र सचिवमा वीरेन्द्र ठाकुर, कोषाध्यक्षमा विश्व दुवाल छन्। नवगठित समितिका ३३ पदाधिकारीलाई प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले सपथग्रहण गराएका छन्। 

केसीले सबैलाई बधाइ दिँदै साना तथा मझौला व्यवसाय प्रवर्द्धन गर्न संस्था र गठित समिति निःस्वार्थ रुपमा लागिपर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए। ‘साना उद्योग नभई ठूला उद्योग बन्न सक्दैन, त्यसैले हामी सबै तहका मानिसहरु मिलेर देशमा आर्थिक विकास गर्न लाग्नुपर्छ’, उनले भने। 

 

बुधबार, ०४ माघ २०७९, १५ : २७

प्रतिक्रिया