काठमाडौँ- बिहीबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।
आज सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया