उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ  कारोबार ?

शुक्रबार, ०६ माघ २०७९, १० : ५१

काठमाण्डौँ - साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ फेरि उकालो लागेको छ। 

आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ। यो सँगै प्रतितोला छापावल सुन १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावल सुन १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३५५ रुपैयाँमा किनबेच भएको थियो। 

 

शुक्रबार, ०६ माघ २०७९, १० : ५१

प्रतिक्रिया