फेरि उकालो लाग्यो सुनको भाउ

१ बर्ष अगाडि

काठमाण्डौँ - आज कारोबारको दासो्र दिन नेपाली बजारमा सुनको भाउ यो वर्षकै उच्च स्तरमा पुगेको छ। 

आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सँगै प्रतितोला छापावल सुन १ लाख ५ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ८०० रुपैयाँ कायम भएको छ। सुनको आजको भाउ यो वर्षकै उच्च पनि हो। 

 हिजो आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावल सुन १ लाख ५ हजार रुपैयाँ र तेजाबी सुन१ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

गत वर्ष फागुन २५ गते सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। यो दिन प्रतितोला छापावल सुन १ लाख ५ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै १ लाख ३७५ रुपैयाँमा कारोबार भएको थियो। 

 

१ बर्ष अगाडि

प्रतिक्रिया