सुनको भाउ रेर्कड उन्मुख

१ बर्ष अगाडि

काठमाण्डौँ - आज कारोबारको तेस्रो दिन  सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। 

 आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सँगै प्रतितोला छापावल सुन १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ।  

यस अघि गत वर्ष फागुन २५ गते सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको छ। यो दिन प्रतितोला छापावल सुन १ लाख ५ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो। यो कीर्तिमान आज तोडिएको छ। 

हिजो सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावल सुन १ लाख ५ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो। 

 

१ बर्ष अगाडि

प्रतिक्रिया