सुनको भाउ घट्यो कतिमा हुदैछ कारोबार ?

१ बर्ष अगाडि

काठमाडौँ-   नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य गिरावट आएको छ

आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन  १ लाख ६ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर छापावाल सुन  १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। सुनको भाउ  हालसम्मकै उच्च हो। 

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो। 

 

१ बर्ष अगाडि

प्रतिक्रिया