काठमाडौँ- नेपाली बजारमा बिहीबार नेपाली बजारमा सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ।
आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको यो मूल्य नेपाली बजार हालसम्मकै उच्च हो। योसँगै गत माघ १० गते कायम हालसम्मकै उच्च मूल्यको रेकर्ड तोडिएको छ। गत माघ १० प्रतितोला छापावाल सुन १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
हिजो बुधबार भने सुनको भाउ १०० रुपैयाँले ओरालो लागेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ६ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया