ओरालो लाग्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

१ बर्ष अगाडि

काठमाण्डौँ - साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ।
 

आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ। यो सँगै प्रतितोला छापावल सुन १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ३०० रुपैयाँमा झरेको छ। 

 हिजो सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावल सुन १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। सुनको यो भाउ हालसम्मकै उच्च पनि हो। 

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो। 

 

१ बर्ष अगाडि

प्रतिक्रिया