सुनको भाउ उकालो लाग्दै, कतिमा हुदैछ कारोबार ?

आइतबार, १५ माघ २०७९, १२ : २९

काठमाडौँ- आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ। 

आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन  १ लाख ६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुनको भाउ १ हजार १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो। 

 

आइतबार, १५ माघ २०७९, १२ : २९

प्रतिक्रिया