उकालो लाग्दै सुनको भाउ, चाँदी भने स्थिर

१ बर्ष अगाडि

काठमाडौँ-  साताको दास्रो दिन नेपाली बजारमा  सुनको भाउ फेरि उकालो लागेको छ।

आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो आइतबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो। 

 

१ बर्ष अगाडि

प्रतिक्रिया