सुनको भाउ घट्यो कतिमा हुदैछ कारोबार ?

१ बर्ष अगाडि

काठमाडौँ- मंगलबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ। 

 आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन  १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी सुन१ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोलाछापावाल सुन १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी १ हजार ३६५ रुपैयाँमै कारोबार भएको थियो। 

 

१ बर्ष अगाडि

प्रतिक्रिया