आजको तरकारी तथा फलफुलको बजार भाउ

मंगलबार, १७ माघ २०७९, १० : ५६

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको तरकारी तथा फलफुलको मूल्य तोकेको छ।

समितीका अनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २६५ रुपैयाँ, हरियो अंगुर १६३ रुपैयाँ ३३ पैसा, अदुवा ८५ रुपैयाँ, अनार ३३० रुपैयाँ, अमला र नेपाली मेवा ७५ रुपैयाँ, अम्बा १४० रुपैयाँ, आभोकाडो ३२५ रुपैयाँ, रातो आलु २९ रुपैयाँ २० पैसा, भारतीय रातो आलु २७ रुपैयाँ, सेतो आलु २१ रुपैयाँ, तराई काउली २५ रुपैयाँ, स्थानीय काउली ३६ रुपैयाँ, लोकल काक्रो र हरियो खुर्सानी ७५ रुपैयाँ, कागती १२५ रुपैयाँ, किनु १३० रुपैयाँ, किवि ३२५ रुपैयाँ, अकबरे खुर्सानी ३२५ रुपैयाँ, तराई गाजर १७ रुपैयाँ ५० पैसा, लोकल गाजर २३ रुपैयाँ, गान्टे मूला ६६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ र ज्यापु काउली, ब्रोकाउली, पिंडालू र नेपाली ठूलो गोलभेडा ४५, टनेल र लोकल गोलभेडा १३ रुपैयाँ, लोकल सिमी, स्कूस, लौका, मटरकोशा र भन्टा ५५ रुपैयाँ रहेको छ । 

मंगलबार, १७ माघ २०७९, १० : ५६

प्रतिक्रिया