सुनको भाउ नयाँ उचाइमा

१ बर्ष अगाडि

काठमाडौँ-  बिहीबार नेपाली बजारमा  सुनको भाउ फेरि नयाँ उचाइमा पुगेको छ। 

 आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। 


यसअघि गत माघ १२ गते सुनको भाउले नयाँ उचाइ चुमेको थियो। यो दिन प्रतितोला छापवाल सुन १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

हिजो बुधबार भने सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँलेर चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो। 

 

१ बर्ष अगाडि

प्रतिक्रिया